२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

फेरी घट्यो कोरोना संक्रमितको संख्या

फेरी घट्यो कोरोना संक्रमितको संख्या

गण्डकी टाइम्स
बुधवार, आश्विन १३ २०७८
गण्डकी टाइम्स
बुधवार, आश्विन १३ २०७८
  • काठमाडौं, १३ असोज । नेपालमा २४ घन्टाको अवधिमा १ हजार १५७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ८ जनाको मृत्यु भएको छ ।

    पछिल्लो २४ घन्टामा देशभर १० हजार ६५२ आरटी पिसिआर र ३ हजार ८८९ एन्टिजेन गरी कुल १४ हजार ५४१ जनामा परीक्षण गरिएकोमा १ हजार १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    हाल देशभर १८ हजार १९३ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये १६ हजार ८७८ जना होम आइसोलेसनमा, १ हजार ३१५ संस्थागत आइसोलेसनमा र २४४ जना क्वारेन्टिनमा रहेका छन् ।

    यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ३३४ जना र भेन्टिलेटरमा ९९ जना उपचाररत छन् ।

    मन्त्रालयकाअनुसार बुधबार देशभरबाट १ हजार ११३ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख ६४ हजार ८४७ पुगेको छ । निको हुने दर ९६।३ प्रतिशत छ ।

    पछिल्लो २४ घन्टाको अवधिमा ८ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १२३ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij