काठमाडौं, १४ असोज । नेपालमा २४ घन्टाको अवधिमा १ हजार ७८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १२ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घन्टामा देशभर ८ हजार ५५५ आरटी पिसिआर र ३ हजार २१० एन्टिजेन गरी कुल ११ हजार ७६५ जनामा परीक्षण गरिएकोमा १ हजार ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर १८ हजार १६८ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये १६ हजार ८०२ जना होम आइसोलेसनमा, १ हजार ३६६ संस्थागत आइसोलेसनमा र २३८ जना क्वारेन्टिनमा रहेका छन् ।
यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ३५३ जना र भेन्टिलेटरमा ११७ जना उपचाररत छन् ।
मन्त्रालयकाअनुसार बुधबार देशभरबाट ९११ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् ।