काठमाडौं, १७ असोज । पछिल्लो २४ घण्टामा थ ६ सय ७९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ७० नमुनाको पीसीआर टेष्ट गर्दा ५७४ जना र ३ हजार ८५० जनाको एन्टीजेन टेष्ट गर्दा १०५ जनमा संक्रमण पुष्टि भएको हो ।
१ हजार ४०५ जना भने संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल १६ हजार ८०४ संक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।