२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

फेरी घट्यो कोरोना संक्रमितको संख्या

फेरी घट्यो कोरोना संक्रमितको संख्या

गण्डकी टाइम्स
मंगलवार, आश्विन १९ २०७८
गण्डकी टाइम्स
मंगलवार, आश्विन १९ २०७८
  • काठमाडौं, १९ असोज । नेपालमा २४ घन्टाको अवधिमा ९६८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ६ जनाको मृत्यु भएको छ ।

    पछिल्लो २४ घन्टामा देशभर ११ हजार ५८२ आरटी पिसिआर र ४ हजार ४६० एन्टिजेन गरी कुल १६ हजार ४२ जनामा परीक्षण गरिएकोमा ९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    हाल देशभर १६ हजार २४८ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये १५ हजार ११७ जना होम आइसोलेसनमा, १ हजार १३१ संस्थागत आइसोलेसनमा र २३७ जना क्वारेन्टिनमा रहेका छन् ।

    यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ३३५ जना र भेन्टिलेटरमा १२२ जना उपचाररत छन् ।

    मन्त्रालयकाअनुसार मंगलबार देशभरबाट १ हजार ११४ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख ७१ हजार ३३८ पुगेको छ । निको हुने दर ९६.६ प्रतिशत छ ।

    पछिल्लो २४ घन्टाको अवधिमा ६ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १८० पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij