२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

बुधबार संक्रमणमक्त हुने भन्दा संक्रमितको संख्या धेरै थपिए

बुधबार संक्रमणमक्त हुने भन्दा संक्रमितको संख्या धेरै थपिए

गण्डकी टाइम्स
बुधवार, आश्विन २० २०७८
गण्डकी टाइम्स
बुधवार, आश्विन २० २०७८
  • काठमाडौं, २० असोज । पछिल्लो २४ घण्टामा १ हजार ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १६५ पीसीआर परीक्षणमा ८ सय ४९ जना र ४ हजार ३०० एन्टिजेन परीक्षणमा १९४ जना गरी १ हजार ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमक्त हुनेको संख्या ८९१ रहेको छ भने १२ जनाको मृत्यु भएको छ ।

    हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १६ हजार १९४ जना रहेका छन् । जसमध्ये १४ हजार ९७५ जना होम आइसोलेसनमा र १२१९ जना संस्थागत आइसोलेसनमा छन् ।

    पछिल्लो २४ घण्टामा काठमाडौंमा ३४४, ललितपुरमा ६१ र भक्तपुरमा ३५ जना संक्रमित भेटिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij