२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

अमिताभ बच्चन नेपाल आउँदै

अमिताभ बच्चन नेपाल आउँदै

गण्डकी टाइम्स
बिहिवार, आश्विन २८ २०७८
गण्डकी टाइम्स
बिहिवार, आश्विन २८ २०७८
  • काठमाडौं, २९ असोज । हिन्दी फिल्म छायाङ्कनका लागि अमिताभ बच्चन नेपाल आउने भएका छन्। बलिउड फिल्म ‘उचाइ’ को सुटिङका लागि अमिताभ नेपाल आउन लागेका हुन्। उक्त फिल्म सुटिङका लागि अनुपम खेर, बोमन इरानी र परिणीति चोपडा अघिल्लै हप्ता नेपाल आएका छन्। नेपाल आएर उनीहरु हेलिकप्टरमा नाम्चे पुगेका छन्। अनुपम खेरले नेपाल आएको भोलिपल्टै काठमाडौंमा पशुपतिनाथ मन्दिरको दर्शन गरेका थिए। अहिले नाम्चे पुगेर उनले नेपाल अति नै सुन्दर रहेको बताएका छन्। उनले आफूले अहिले देखिरहेको नेपाली भूभाग अभूतपूर्व रहेको समेत उल्लेख गरेका छन्। उचाइको सुटिङ लुक्ला,लाङटाङ, मनाङ,मुस्ताङलगायत अधिकांश उच्च हिमाली भूभागमा हुने बताइएको छ। फिल्मका निर्देशक सुरज बडजात्या हुन् भने फिल्म सुटिङका लागि अमिताभ बच्चन र डेनी डेनजोङ्पा समेत नेपाल आउने जनाइएको छ। उनीहरू झण्डै डेढ महिना नेपालमा बस्नेछन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij