२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

कोरोना संक्रमितको संख्या घट्दै

कोरोना संक्रमितको संख्या घट्दै

गण्डकी टाइम्स
बिहिवार, कार्तिक ४ २०७८
गण्डकी टाइम्स
बिहिवार, कार्तिक ४ २०७८
  • काठमाडौं, ४ कात्तिक । नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा ५४५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ८ जनाको मृत्यु भएको छ ।

    पछिल्लो २४ घन्टामा देशभर ६ हजार ५८७ आरटी पिसिआर र १ हजार ९६३ एन्टिजेन गरी कुल ८ हजार ५४९ जनामा परीक्षण गरिएकोमा ५४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    हाल देशभर ११ हजार ३१५ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये १० हजार ५३० जना होम आइसोलेसनमा, ७८५ संस्थागत आइसोलेसनमा रहेका छन् ।

    यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा २८८ जना र भेन्टिलेटरमा ९८ जना उपचाररत छन् ।

    मन्त्रालयकाअनुसार बिहीबार देशभरबाट ७२६ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख ८४ हजार ८८१ पुगेको छ । निको हुने दर ९७।२ प्रतिशत छ ।

    पछिल्लो २४ घन्टाको अवधिमा ८ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ३२६ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij