२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

बढ्यो कोरोना संक्रमितको संख्या, कुन जिल्लामा कति थपिए ?

बढ्यो कोरोना संक्रमितको संख्या, कुन जिल्लामा कति थपिए ?

गण्डकी टाइम्स
शुक्रवार, कार्तिक ५ २०७८
गण्डकी टाइम्स
शुक्रवार, कार्तिक ५ २०७८
  • काठमाडौं, ५ कात्तिक। पछिल्लो २४ घण्टामा ७०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार २ सय ५३ पीसीआर परीक्षण गर्दा ५७४ जना र २ हजार १२३ एन्टिजेन परीक्षण गर्दा १३४ गरी ७०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ भने ९३२ जना निको भएका छन् । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ८ हजार ९६ पुगेको छ । योसँगै नेपालमा मृत्‍यु हुनेको संख्या ११ हजार ३३७ पुगेको छ भने ७ लाख ८५ हजार ८१३ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९४६ जना रहेका छन् । जसमध्ये १० हजार ११६ जना होम आइसोलेसनमा रहेका छन् भने ८३० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २७९ जना आईसीयू र ९१ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै १० वर्ष मुनिका १० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ४५ जना कोरोना संक्रमित थपिएका छन् । कुन जिल्लामा कति संक्रमित ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १७१, झापामा ५९, रुपन्देहीमा ४१, मोरङमा ३४, ललितपुरमा ३३, कास्कीमा २३, चितवनमा २२, भक्तपुरमा १८, नुवाकोटमा १३ तथा मकवानपुर र कैलालीमा १०र१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij