२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

कोरोना संक्रमितको संख्या घट्दै

कोरोना संक्रमितको संख्या घट्दै

गण्डकी टाइम्स
शनिवार, कार्तिक ६ २०७८
गण्डकी टाइम्स
शनिवार, कार्तिक ६ २०७८
  • काठमाडौं, ६ कात्तिक । नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा ५१३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ८ जनाको मृत्यु भएको छ ।

    पछिल्लो २४ घन्टामा देशभर ४ हजार ९७२ आरटी पिसिआर र १ हजार ९५९ एन्टिजेन गरी कुल ६ हजार ९३१ जनामा परीक्षण गरिएकोमा ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    हाल देशभर १० हजार ५५९ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये ९५७ हजार ५३० जना होम आइसोलेसनमा, ८०२ संस्थागत आइसोलेसनमा रहेका छन् ।

    यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा २६८ जना र भेन्टिलेटरमा ८० जना उपचाररत छन् ।

    मन्त्रालयकाअनुसार शनिबार देशभरबाट ८१७ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख ८६ हजार ६३० पुगेको छ । निको हुने दर ९७.३ प्रतिशत छ ।

    पछिल्लो २४ घन्टाको अवधिमा ८ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ३४५ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij