२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

गायिका मञ्जु पौडेललाई मातृशोक

गायिका मञ्जु पौडेललाई मातृशोक

गण्डकी टाइम्स
आइतवार, कार्तिक ७ २०७८
गण्डकी टाइम्स
आइतवार, कार्तिक ७ २०७८
  • गायिका तथा उद्घोषिका मञ्जु पौडेललाई मातृशोक परेको छ । उनकी आमा भगवती ज्ञवालीको शनिबार निधन भएको हो । मञ्जुकी आमा केही महिनायता बिरामी थिइन् । गायिका मञ्जुले बिरामी आमाको विशेष रेखदेख र उपचार गराइरहेकी थिइन् । यसवर्षको दशैं पनि गायिका मञ्जुले अस्पताल पुगेर बिरामी आमासँगै मनाएकी थिइन् । जुन भिडियो मञ्जुले सामाजिक सञ्जालमा समेत शेयर गरेकी छिन् । ‘हरदम प्रयास गर्दा पनि दैवको अगाडि हाम्रो केही लागेन आमा, आखिर हामीले हार्‍यौं । हाम्रो परिवारको आदर्श, मेरूडण्ड हाम्री ममतामयी आमा हामीमाझ आजबाट रहनुभएन । आमा, हजुरको आत्माले शान्ती पाओस्’ आमाको निधनपछि मञ्जुले फेसबुकमा लेखेकी छिन् । मञ्जु लोकदोहोरी क्षेत्रकी लोकप्रिय गायिका हुन् । स्टेज उद्घोषिकाका रुपमा समेत उनी चर्चित छिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij