२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

ज्येष्ठ नागरिकलाई निमोनिया विरुद्धको खोप लगाउन शुरु

ज्येष्ठ नागरिकलाई निमोनिया विरुद्धको खोप लगाउन शुरु

गण्डकी टाइम्स
आइतवार, कार्तिक १४ २०७८
गण्डकी टाइम्स
आइतवार, कार्तिक १४ २०७८
  • काठमाडौं, १४ कात्तिक । ललितपुर महानगरपालिकाले जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप लगाउन शुरु गरेको छ ।

    पहिलो चरणमा ७४ वर्षमाथिका जेष्ठ नागरिकलाई आइतबारदेखि निमोनियाविरुद्धको खोप लगाउन शुरु गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिएका छन । अर्यालका अनुसार ललितपुर महानगरमा ७४ वर्षभन्दा माथिका जेष्ठ नागरिकको संख्या ५ हजार २ सय छन् ।

    अर्यालले भने, ‘७० वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाउने हाम्रो लक्ष्य छ । यो उमेर समूहका संख्या करिब ८ हजार छन् । पहिलो चरणमा ५ हजार २ सय जनालाई खोप दिइएपछि बाँकीलाई दोस्रो चरणमा खोप दिइने योजना छ ।’

    अर्यालका अनुसार नागरिकताको प्रमाणपत्र र वडा कार्यालयको सिफारिसको आधारमा निमोनियाविरुद्धको खोप (पीसीभी–१३) दिन शुरु गरिएको हो । खोप कार्यक्रम १७ गतेसम्म सञ्चालन हुनेछ । वडामा रहेको खोप केन्द्रमा पुगि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाउन सकिने उनको भनाइ छ ।

    दोस्रो चरण अन्तर्गत ७० देखि ७३ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप दिइने उनले बताएका छन । दोस्रो चरणको खोप कार्यक्रम छिट्टै सञ्चालन हुने अर्यालले जानकारी दिएका छन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij