२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

कोरोना संक्रमितको संख्या घट्दै, आज कति थपिए ?

कोरोना संक्रमितको संख्या घट्दै, आज कति थपिए ?

गण्डकी टाइम्स
आइतवार, कार्तिक २१ २०७८
गण्डकी टाइम्स
आइतवार, कार्तिक २१ २०७८
  • काठमाडौं, २१ कात्तिक । पछिल्लो २४ घण्टामा थप १४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    १ हजार ९सय ८० जनाको पीसीआर परीक्षण गर्दा १४१ जना र ३ सय ५३ जनाको एन्टिजेन परीक्षण गर्दा २ जना गरी १४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ भने ५६३ जना निको भएका छन् ।

    मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ९ हजार ३७५ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४४८ पुगेको छ भने ७ लाख ९५ हजार ३९७ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ७१३ जना रहेका छन् । जसमध्ये ७ हजार १२४ जना होम आइसोलेसनमा रहेका छन् भने ५८९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १९७ जना आईसीयू र ४९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    यस्तै १० वर्ष मुनिका ५ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ७ जना कोरोना संक्रमित थपिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij