२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

विवाह बन्धनमा बाँधिदै विक्की कौशल–कट्रिना कैफ

विवाह बन्धनमा बाँधिदै विक्की कौशल–कट्रिना कैफ

गण्डकी टाइम्स
बुधवार, मंसिर २२ २०७८
गण्डकी टाइम्स
बुधवार, मंसिर २२ २०७८
  • विक्की कौशल र कट्रिना कैफ राजस्थानमा विवाह बन्धनमा बाँधिदैछन् । ८ डिसेम्बरमा बिहान ११ बजे यो जोडीको हल्दी सेरेमनी हुनेछ र त्यसपछि आफ्टर पार्टी हुनेछ । ९ डिसेम्बर दिउँसो यी दुई विवाह बन्धनमा बाँधिनेछन् । यो विवाहलाई गोप्य बनाउनका लागि विवाहमा आउने हरेक पाहुनाले जिरो मोबाइल पोलिसी अपनाउनुपर्नेछ ।

    विवाहका बेला कसैलाई पनि मोबाइल फोन भित्र लैजाने अनुमति छैन । यसैबीच यदि कसैले आफ्नो मोबाइल कुनै आवश्यक काममा लागि लैजान चाहन्छन् भने उनीहरुको मोबाइल क्यामरामा ‘डिजिटल मिडिया सिक्योरिटी स्टिकर’ लगाइनेछ । यस्तो गरेपछि पाहुनाले भित्र कुनै पनि प्रकारको फोटो र भिडियो खिच्न पाउने छैनन् । स्रोतलाई विश्वास गर्ने हो भने यदि कसैले स्टिकर निकाल्ने कोसिस गरेको खण्डमा उनीहरुमाथि कानुनी कारवाहीसमेत हुनसक्छ ।

    अम्बानीको छोराको विवाहमा यस्तै गरिएको थियोः

    यसअघि यो प्रविधिको प्रयोग मुकेश अम्बानीका छोरा आकाश अम्बानीको विवाहमा भएको थियो । आज पनि कोही अम्बानीको घरभित्र जान्छन् भने उनीहरुले मोबाइल स्टिकर प्रोटोकलको पालना गर्नुपर्ने भारतीर सञ्चार माध्यमले बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij