२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

मेथीको पात मधुमेहका रोगीका लागि रामवाण

मेथीको पात मधुमेहका रोगीका लागि रामवाण

गण्डकी टाइम्स
बिहिवार, मंसिर २३ २०७८
गण्डकी टाइम्स
बिहिवार, मंसिर २३ २०७८
  • चिसो मौसममा हरिया सागसब्जी खानु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । यसमा मेथीको साग सबैभन्दा फाइदाजनक हुन्छ । यसको साग प्रायः सबै घरमा पाक्ने गर्छ । तर, कम मात्रलाई थाहा होला, यो सागको सेवनले मधुमेहका रोगीलाई धेरै फाइदा गर्छ ।

    मधुमेह मेथीको पातले मधुमेहको टाइप १ र टाइप २ लाई धेरै फाइदा गर्छ । मेथीले शरीरमा इन्सुलिनको मात्रा बढाउँछ । जुन मधुमेह रोगीका लागि धेरै आवश्यक छ । यसमा हुने फाइबरले पाचन प्रक्रियालाई सबल बनाएर शरीरबाट चिनीको मात्रा कम गराउँछ । त्यसैले मधुमेह रोगीका लागि मेथीको साथ खान आवश्यक छ ।

    कोलेस्ट्रोल कम गर्न मेथीको पातले कोलेस्ट्रोललाई जम्मा हुन दिँदैन । र कलेजोमा कोलेस्ट्रोल बन्न रोक्छ । यो मधुमेहका रोगीका साथसाथै एथेरोस्क्लेरोसिसका रोगीहरुका लागि धेरै फाइदाजनक हुन्छ । केही अध्ययनका अनुसार मेथीले शरीरमा राम्रो कालेस्ट्रोललाई बढाउँछ र नराम्रो कोलेस्ट्रोल कम गर्ने काम गर्छ ।

    पाचन प्रक्रिया मेथीका पातमा फाइबर हुन्छ । जसले एन्टिअक्सिडेन्टको काम गर्छ । यसले पाचन प्रक्रियालाई राम्रो बनाउँछ । यसले मानिसहरुको पेटमा समस्या पैदा गर्छ । त्यसैले खानामा मेथीको साथ समावेश गर्न आवश्यक छ ।

    पुरुषको टेस्टोस्टेरोन बढाउँछ मेथीले पुरुषमा टेस्टोस्टेरोन हर्मोन उत्पादन बढाउँछ । मेथीमा फुरोस्टेनोलिक स्यापोनिन हुन्छ । यसले टेस्टोस्टेरोन बढाउँछ । यसले यौन इच्छा पनि बढाउँछ ।

    मुटु रोगीका लागि मेथीको दाना वा पात दुवैको नियमित सेवनले मुटु रोगीका लागि फाइदा गर्छ । मेथीले कोलेस्ट्रोल कम गराउने भएकाले मुटुसम्बन्धी समस्या पनि कम गराउँछ । मेथीको पातले बुटीको जस्तै काम गर्छ जसले हृदयघात र स्ट्रोकको खतरा बढाउने रगत जम्ने समस्यालाई कम गर्छ । हरेक दिन मेथीको साग खाँदा मुटुसँग जोडिएका समस्याहरु कम हुन्छ ।

    तौल घटाउन मद्दत गर्छ यदि तौल घटाउने कोसिस गरिरहनुभएको छ भने मेथीभन्दा सही उपाय अरु हुँदैन । एक कप मेथीको पातमा सिर्फ १३ प्रतिशत क्यालोरी हुन्छ । यसको सेवनले पेट भरिएको अनुभव हुन्छ र छिटो छिटो भोक लाग्दैन । यसकारण थप क्यालोरी खानबाट बचिन्छ । जसले तौल घटाउन मद्दत गर्छ ।

    यसका साथै, मेथीको नियमित सेवनले शरीरमा इन्फ्लामेशनको स्तर कम गर्छ । यसले पुराना खोकी, ब्रोन्काइटिस, एक्जिमासहित छालासम्बन्धी समस्याहरुसँग लड्न मद्दत गर्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij