२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

विदेश जानेलाई जोनसन खोप, कहाँ-कहाँ छन् खोप केन्द्र ?

विदेश जानेलाई जोनसन खोप, कहाँ-कहाँ छन् खोप केन्द्र ?

गण्डकी टाइम्स
सोमवार, पौष १२ २०७८
गण्डकी टाइम्स
सोमवार, पौष १२ २०७८
  • काठमाडौं, १२ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जाने व्यक्तिलाई कोभिड–१९ विरुद्धको जोनसन एण्ड जोनसनको खोप दिने व्यवस्था मिलाएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै एक डोज मात्रै लगाए हुने जोनसन एण्ड जोसन खोप विदेश जाने सबैलाई दिने जनाएको छ ।

    मन्त्रालयले विदेश जाने नागरिकका लागि काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल, महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल र टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गएर खोप लगाउन सक्ने व्यवस्था मिलाएको हो ।

    खोप लगाउन जाँदा पास्पोर्ट र भिसा अनिवार्य साथमा लिएर जानुपर्ने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij