२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

शनिबार भन्दा आइतबार संक्रमितको संख्या घट्यो

शनिबार भन्दा आइतबार संक्रमितको संख्या घट्यो

गण्डकी टाइम्स
आइतवार, पौष १८ २०७८
गण्डकी टाइम्स
आइतवार, पौष १८ २०७८
  • काठमाडौं, १८ पुस । नेपालमा आइतबार २ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार ९ सय ६२ पिसिआर परिक्षणका क्रममा २ सय १३ जना र १ हजार ६ सय ६९ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    त्यस्तै कोरोना कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ९६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्त्ै थप २०९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १२ हजार ४ सय १९ जना निको भएका छन् ।

    हाल नेपालमा ४ हजार ९ सय ७१ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वरेन्टाइनमा रहेको मन्त्रालले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij