२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

कोरोनाविरुद्धको खोपः नेपालमा बुस्टर डोज स्थगित

कोरोनाविरुद्धको खोपः नेपालमा बुस्टर डोज स्थगित

गण्डकी टाइम्स
मंगलवार, पौष २० २०७८
गण्डकी टाइम्स
मंगलवार, पौष २० २०७८
  • काठमाडौं, २१ पुस । विश्वका विभिन्न मुलुकमा दिन थालिएको कोरोनाविद्धको बुस्टर डोज नेपालमा भने स्थगित भएको छ । मंगलबारदेखि दिन सुरु गरिएको खोपको अतिरिक्त मात्रा सोही दिन स्थगित भएको हो । यसअघि रोग प्रतिरोधी क्षमता कमजोर भएका नागरिकमा कोभिडविरुद्धको ‘थप डोज’ लगाउने भनिएको थियो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारै विज्ञप्ति जारी गर्दै तत्कालका लागि थप डोज लगाउने खोप कार्यक्रम स्थगित गरेको जनाएको हो ।

    मन्त्रालयले सबै नागरिकलाई खोपको पूरा मात्रा लगाउन बाँकी नै रहेको जनाउँदै अतिरिक्त मात्र दिने अभियान स्थगित गरेको जनाएको छ । यस विषयमा थप छलफल गरी आगामी माघबाट दिने तयारी गरिने मन्त्रालयले जनाएको छ ।

    रोग प्रतिरोधी क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सरका रोगी, अंग प्रत्यारोपण गरेका बिरामी, एचआइभी संक्रमण भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामी र भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष तथा सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोपको अतिरिक्त मात्रा दिइने मन्त्रालयले तयारी गरेको थियो ।

    रोग प्रतिरोधी क्षमता कमजोर भएका व्यक्तिमा प्रयोग भइरहेको ‘थप डोज’मा विश्वका अधिकांश देशहरुले ‘मिक्स एन्ड म्याच’ डोज प्रयोगमा ल्याइरहेका छन् । दुईवटा भ्याक्सिन मिसाएर दिइएको थप डोजले रोग प्रतिरोधी क्षमतामा उल्लेख्य वृद्धि ल्याएको पाइएपछि मिक्स एन्ड म्याचको थप डोज प्रयोगमा ल्याउन विश्व स्वास्थ्य संगठनले स्वीकृतिसमेत दिइसकेको छ । तर, नेपालमा मंगलबारबाट प्रयोगमा ल्याइने भनिएको अतिरिक्त मात्रामा भने सोही खोप दिइने बताइएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij