२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

विदेशस्थित नेपाली राजदूतावासबाट पहिलोपटक विद्युतीय राहदानी जारी

विदेशस्थित नेपाली राजदूतावासबाट पहिलोपटक विद्युतीय राहदानी जारी

गण्डकी टाइम्स
सोमवार, माघ २४ २०७८
गण्डकी टाइम्स
सोमवार, माघ २४ २०७८
  • काठमाडौं, २४ माघ । विदेशस्थित नेपाली राजदूतावासबाट पहिलो पटक विद्युतीय राहदानी (पासपोर्ट) जारी भएको छ । सोमबार कतारको दोहास्थित नेपाली राजदूतावासबाट पहिलो पटक लाइभ इनरोलमेन्ट गरी राहदानी विभागबाट विद्युतीय राहदानी जारी गरिएको हो । यो नै विदेशस्थित राजदूतावासबाट गरिएको पहिलो सफल परीक्षण हो ।

    योसँगै आजबाट विद्युतीय राहदानीको लागि नेपाली राजदूतावास, कतारले बुकिङ समेत खुला गरेको छ । यद्यपि, सुरुको एक हप्ताका लागि सीमित मात्रामा बुकिङ खुल्ला गरिएको राजदूतावासले जानकारी दिएको छ ।

    यस्तै, अन्य खाडी मुलुकहरु र मलेशियामा रहेका नेपाली नियोगहरूमा समेत विभागबाट विद्युतीय राहदानीको लागि आवश्यक पर्ने उपकरणहरु पठाइ सकिएको विभागले जनाएको छ । उक्त सामानहरु जडान हुनासाथ केही दिन भित्रै विद्युतीय राहदानीको सेवा अन्य मुलुकहरुमा समेत सुरु हुने विभागको भनाइ छ।

    यी बाहेका अन्य अमेरिकी तथा युरोपेली मुलुकहरुमा समेत रहेका सबै नेपाली नियोगहरूमा उपकरणहरू पठाउने कार्य भइरहेको र केही हप्ताभित्र सेवा सञ्चालन गर्ने कार्यक्रम रहेको विभागले जानकारी दिएको छ । नेपालको हकमा ३६ वटा जिल्ला प्रशासन कार्यालयहरु र ५ वटा इलाका प्रशासन कार्यालयहरु गरी जम्मा ४१ स्थानबाट विद्युतीय राहदानीको लागि लाइभ इनरोलमेन्ट शुरु भइ सकेको छ । अन्य जिल्लाहरुमा तीन वटा प्राविधिक टोलीहरुले नेटवर्किङ गर्ने, उपकरणहरू जडान गर्ने र तालीम प्रदान गर्ने कार्य गरी गरिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij