२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

अब सम्झनामा मात्रै साहित्यकार तारानाथ शर्मा

अब सम्झनामा मात्रै साहित्यकार तारानाथ शर्मा

गण्डकी टाइम्स
मंगलवार, फाल्गुण ३ २०७८
गण्डकी टाइम्स
मंगलवार, फाल्गुण ३ २०७८
  • ‘काठमाडौं । साहित्यकार तथा समालोचक तारानाथ शर्मा (ताना शर्मा) को निधन भएको छ । मङ्गलबार बिहान ८ः३० बजे आफ्नै निवास सरस्वती नगर चाबहिलमा निधन भएका उनको आजै पशुपति आर्यघाटमा अन्तिम अन्त्येष्टि गरिएको छ । उनप्रति श्रद्धाञ्जली अर्पण गर्न साहित्यअनुरागीका साथै शुभेच्छुकहरु आर्यघाट पुगेका थिए । १९९१ मा इलामको बरबोटेमा जन्मिएका शर्मा लामो समयदेखि बिर्सने रोग लगायत उमेरसँगै हुने विभिन्न रोगबाट पीडित थिए ।

    झर्रोवादी आन्दोलनका एक स्तम्भका रूपमा चर्चित उनका सम्पादन र मौलिक गरी करिब दुई सय कृति प्रकाशित छन् । उनका श्रीमती र दुई छोरा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij