काठमाडौं । अभिनेता पल शाहलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले सबै प्रहरी युनिटलाई सर्कुलर गरेको छ ।
शाहविरुद्ध जवर्जस्ती करणीको आरोप लगाउँदै एक नाबालिग किशोरीले तनहुँ प्रहरीमा जाहेरी दर्ता गराएको थियो । प्रहरीले पक्राउ गर्न नसकेको भन्दै व्यापक आलोचना भएपछि प्रहरी प्रधान कार्यालयले नै पक्राउ गर्न सर्कुलर जारी गरेको हो ।
प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले जाहेरी दर्ता भएपछि पल शाहलाई खोज्न निर्देशन दिइसकेको बताएका छन् ।