सन्तोष पन्तको दशैं गीत ‘ह्याप्पी दशैं २’ बजारमा (हेर्नुस् भिडियो)
सन्तोष पन्तको दशैं गीत ‘ह्याप्पी दशैं २’ बजारमा (हेर्नुस् भिडियो)
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौँ । राजु ढकाल, देवी घर्ती र रविन लामिछानेको आवाजमा सन्तोष पन्तको दशैं गीत ‘ह्याप्पी दशैं २’ बजारमा आएको छ । वडा दशैं-२०७९ को मुखमा पन्तले दशैं गीत ‘ह्याप्पी दशैं २’ बजारमा ल्याएका हुन्।
पन्तकै संगीत रहेको गीतमा राजु ढकाल, देवी घर्ती र रविन लामिछानेले स्वर दिएका छन् । सुनिल परियारको संगीत संयोजन रहेको गीतले गाउँघर जोडेको छ । गीतको भिडियोमा गीतकार पन्तसँगै शिशिर पौडेल, सुश्मा ढकाल, सन्जिता भण्डारी, रोशिका ढकाल लगायतले अभिनय गरेका छन् ।
मदन खड्काको निर्देशन रहेको भिडियोमा प्रकाश खड्का र अरुण न्यौपानेको छायांकन, विकास ज्ञवालीको सम्पादन रहेको छ । पन्तले गत वर्षको दशैंमा ‘ह्याप्पी दशैं’ बोलको गीत बाजारमा ल्याएका थिए ।
हेर्नुस् भिडियो :
https://www.youtube.com/watch?v=9qM_N59WyIg&ab_channel=PantaSantosh
प्रतिक्रिया