२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

पम्फा भुसालको प्रतिबद्धता पत्र : ‘अबको भिजन, गुणस्तरीय जीवन’

पम्फा भुसालको प्रतिबद्धता पत्र : ‘अबको भिजन, गुणस्तरीय जीवन’

गण्डकी टाइम्स
बुधवार, कार्तिक १६ २०७९
गण्डकी टाइम्स
बुधवार, कार्तिक १६ २०७९
  • ललितपुर, १६ कात्तिक । नेकपा माओवादी केन्द्रकी उपमहासचिव एवम् ऊर्जा मन्त्री पम्फा भुसालले निर्वाचन केन्द्रित आफ्नो तीन बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेकी छिन् । वाम लोकतान्त्रिक गठबन्धनकी ललितपुर–३ की साझा उम्मेदवार भुसालले ललितपुरमा आयोजित एक कार्यक्रममा आफ्नो निर्वाचन क्षेत्रलाई केन्द्रित गरी गुणस्तरीय जीवनका लागि पर्यटनमा आधारित अर्थतन्त्र,पर्यावरण मन्त्री पूर्वाधार र समतामूलक समाज निर्माणमा लग्ने योजनासहित अबको भिजन गुणस्तरीय जीवन भएको भन्दै प्रतिबद्धता पत्र ल्याएकी हुन् । उनले पर्यटनमा आधारित अर्थतन्त्र निर्माण गर्न ललितपुरको अमूल्य कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्दै आकर्षक पर्यटकीय उत्पादनका लागि स्थानीयसँग परामर्श गरी स्पष्ट नीति निर्माण गर्ने बताएकी छिन् । भुसालको प्रतिबद्धता पत्रको पूर्णपाठ :

    ‘अबको भिजन, गुणस्तरीय जीवन’

    राजनीतिक परिवर्तनसँगै विश्वमा भएका प्रतिस्पर्धात्मक प्रगति अब हाम्रा सामु ठुलै चुनौती बन्न पुगेका छन् । हरेक नेपालीको आत्मसम्मान, स्वाभिमान र समृद्धिप्रति हामी शब्द र कर्ममै प्रतिबद्ध छौँ, रहने छौँ । हामी एक अर्कालाई सम्मान गर्छौँ र सहकार्यका लागि सधैँ तयार हुन्छौँ । हाम्रो यही प्रतिबद्धताका आधारमा सामाजिक न्यायसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको चरणमा छ भने नागरिकको मौलिक अधिकार पनि सुनिश्चित हुने क्रममा छ । हामी दिने र लिने संस्कारबाट माथि उठेर समानतासहितको स्वतन्त्र समाज निर्माणको बाटोमा अगाडि बढेका छौँ । यो उपलब्धिको रक्षा र सबलीकरण गर्नुपर्ने अबको दायित्वलाई अझ प्रभावकारी तवरले अगाडि बढाउनु पर्नेछ । नयाँ संविधान कार्यान्वयनमा आइसकेपछि आर्थिक समृद्धिका महत्त्वपूर्ण आधार तयार भएका छन् । ऊर्जा उत्पादनमा नेपाल आत्मनिर्भरतातर्फ अगाडि बढेको छ भने स्वच्छ ऊर्जाको निर्यात गर्ने अवस्थामा हामी पुगेका छौँ । त्यस्तै भौतिक पूर्वाधार, शैक्षिक एवं स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तन भई जनताको जीवनस्तरमा केही सुधार आएको छ । यस्ता कार्यक्रमलाई अझ प्रभावकारी एवं गुणस्तरीय तुल्याई आर्थिक आधार सबल गर्नु हामी सबैको दायित्व हो । समृद्ध मुलुक, सम्पन्न नेपालीको सपना साकार गर्ने हाम्रो लक्ष्य प्राप्तिका लागि एकताबद्ध हुन जरुरी छ । तसर्थ एकातिर हामीले तयार गरेको राजनीतिक आधारको संरक्षणका लागि निरन्तर संयुक्त सङ्घर्ष जारी राख्नुपर्ने छ भने अर्कोतर्फ समुन्नत आर्थिक–सामाजिक विकासको महाअभियान सञ्चालन गर्नुपर्नेछ । हाम्रा यिनै अभिभारा पूरा गर्नका निम्ति हामी यहाँहरू माझ प्रस्तुत भएका छौँ । विगतमा ललितपुरवासीबाट पाएको माया र विश्वास आज मेरो राजनीतिक जीवनको महत्त्वपूर्ण सम्पत्तिका रूपमा अभिलिखित हुन पुगेको छ । आज फेरि म जनताबाट अनुमोदित भएर राष्ट्रिय राजनीतिमा ललितपुरका जनताको प्रतिनिधित्व गर्ने दौडमा छु । जति धेरै मत त्यति धेरै आत्मविश्वास र राष्ट्रिय राजनीतिमा जिम्मेवारी प्राप्त हुन्छ । सदा झैँ अझ प्रभावकारी र सशक्त तथा सेवामैत्री, प्रगति उन्मुख र स्वाभिमानी जनप्रतिनिधिका रूपमा महत्त्वपूर्ण भूमिका खेल्नेछु । हामी ललितपुरवासीका लागि कला, सम्पदा, संस्कृति र परम्पराको प्रवर्द्धन समृद्धिको महत्त्वपूर्ण आधार हो । यसलाई नै यहाँका हरेक घर परिवारको आर्थिक उपार्जनसँग जोड्नु पर्छ । व्यवस्थित एवं आधुनिक कृषि कर्मको प्रवर्द्धन गर्दै यहाँ उपलब्ध खेतीयोग्य जमिनको संरक्षण गरी कृषि पर्यटनको अवधारणा लागू गर्नुपर्दछ । त्यसका लागि आवश्यक पर्ने नीतिगत व्यवस्था, प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्न आवश्यक छ । यसरी अबको पाँच वर्षमा ललितपुरवासीको गुणस्तरीय जीवन जिउने आधार तयार हुनेछ । जुन समाजवादको प्रस्थान विन्दु पनि हो । त्यसका लागि पर्यटनमा आधारित अर्थतन्त्र, समतामूलक समाज र स्वच्छ पर्यावरणलाई तत्काल विशेष प्राथमिकता दिएर सो अनुरूपका नीति तथा कार्यक्रम तर्जुमा गर्न हामी प्रतिबद्ध छौँ । गुणस्तरीय जीवनका लागि तीन आधारभूत पिल्लरहरू क. अर्थतन्त्र ख. पर्यावरणरवातावरण ग. समाज १. पर्यटनमा आधारित अर्थतन्त्र गुणस्तरीय जीवनका लागि एक महत्त्वपूर्ण खम्बा भनेको अर्थतन्त्र हो । यहाँको अमूल्य कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्दै आकर्षक पर्यटकीय ‘प्रोडक्ट’ उत्पादनका लागि स्थानीय तथा सरोकारवाला निकायसँग व्यापक परामर्श गरेर स्पष्ट नीति निर्माण गरी कार्यान्वयन गरिनेछ । – ऐतिहासिक सम्पदा, मठ, मन्दिर र गुम्बासहित परम्परागत पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्दै ‘डिजिटल प्रोफाइल’ तयार गरिने । – रथ, जात्रा, पर्व, खाना, पहिरन तथा गरगहनाजस्ता मौलिक संस्कृतिको व्यापक प्रवर्द्धन गरिने । – हस्तकला (मूर्ति, काष्ठ, चित्र) केन्द्रहरूको स्तरोन्नति गरिने । – पर्यटकीय चक्रपथ, हाइकिङ तथा साइक्लिङ मार्ग निर्माण गरिने । – स्थानीय हिटी, पोखरी, राजकुलो, तालतलैयाको पुनर्निर्माण, संरक्षण र उपयोग गरिने । – पर्यटन उद्यमलाई प्रोत्साहन गरिने । २. पर्यावरणमैत्री पूर्वाधार ललितपुरवासीले सुन्दर पर्यावरणमा रमाउन पाउनुपर्छ । स्वच्छ वातावरणमा रहेर सामाजिक–आर्थिक गतिविधि गर्न पाउनुपर्छ । त्यसका लागि पर्यावरणमैत्री पूर्वाधार विकास गर्ने र ललितपुरवासीले गर्व गर्न लायक सहर निर्माण गर्न म विगतमा झैँ प्रतिबद्ध छु । – निर्माणाधीन बाग्मती, नख्खु, कर्मनासालगायत करिडोर सम्पन्न गरिने । – विकास निर्माणका निकायहरुबीच उचित समन्वयका लागि नीतिगत पहल गरिने । – गुणस्तरीय सुरक्षित सडक र सुविधा सम्पन्न यातायात व्यवस्था गरिने । – अध्ययन सम्पन्न भएका स्थान ९ग्वार्को, सातदोबाटो र एकान्तकुना० मा ँथियखभच निर्माण गरिने । – स्थानीय सरकारको सहकार्यमा प्राकृतिक स्रोतको संरक्षण, उपभोग÷स्थानीय स्रोतको सामुदायिकीकरण गरिने । – स्वच्छ पर्यावरणका लागि विद्युतीय साधनको प्रवर्द्धन गरिने । – जनसहभागितामूलक सरसफाइ तथा वृक्षारोपणलाई प्रोत्साहन गरिने । – कृषि पर्यटनको प्रवर्द्धन, खेतीयोग्य जमिनको संरक्षण, सहुलियतपूर्ण सिँचाइको व्यवस्था, कृषि उपजको व्यवस्थित सङ्कलन तथा बजारीकरण गरिने । ३. समतामूलक समाज स्वतन्त्रतासहितको समतामूलक समाज निर्माणका लागि युवा, महिला, बालबालिका, ज्येष्ठ नागरिकसहित सबै समुदायका लागि विशेष कार्यक्रम बनाएर कार्यान्वयन गरिनेछ । – हरेक श्रमको आर्थिक मूल्यको समानताका लागि नीति निर्माण गरी कार्यान्वयन । – महिला हिंसाको उन्मूलन, हरेक क्षेत्रमा सुरक्षित महिला र बालबालिका । – महिलाको वित्तीय अधिकार÷आर्थिक आत्मनिर्भरताका कार्यक्रम । – स्थानीय युवाका लागि रोजगारमूलक तालिम, ँभिियधकजष्उ, क्ष्लतभचलकजष्उ र व्यवसायको अवसर । – बहुराष्ट्रिय कम्पनीसँग युवा उद्यमीलाई जोडिने । – ललितपुरमा रहेका विकास साझेदार संस्थाहरूसँग प्रभावकारी सहकार्य गर्दै थप नयाँ नियोगलाई आकर्षित गर्ने । – क्लब र समूहलाई सबल तुल्याई परिचालन । – शैक्षिक तथा उद्यम ऋणको कार्यान्वयनमा सहजीकरण । – ज्येष्ठ नागरिक र दीर्घ रोगीका लागि स्वास्थ्यमा विशेष पहुँचको सुनिश्चितता । – ज्येष्ठ नागरिकमैत्री सार्वजनिक संरचनाको निर्माण तथा प्रवर्द्धन । जय देश, जय जनता १ पम्फा भुसाल प्रतिनिधिसभा उम्मेदवार ललितपुर–३, २०७९

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij