२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

‘विश्व च्याम्पियनसिप’ मा भाग लिन बूढानीलकण्ठबाट ३ खेलाडिको थाईल्याण्ड जाँदै

‘विश्व च्याम्पियनसिप’ मा भाग लिन बूढानीलकण्ठबाट ३ खेलाडिको थाईल्याण्ड जाँदै

गण्डकी टाइम्स
सोमवार, माघ १६ २०७९
गण्डकी टाइम्स
सोमवार, माघ १६ २०७९
  • काठमाडौं, १७ माघ । नेपालको प्रतिनिधित्व गर्दै थाईल्याण्डको प्रतियोगितामा भाग लिन जानलागेका बूढानीलकण्ठ निवासी ३ जना खेलाडिलाई नगर प्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामासहितको टिमले सम्मानका साथ बिदाई गरेका छन् । थाईल्याण्डको हुवा हिन सहरमा माघ १९ गते देखि माघ २३ गते सम्म सञ्चालन हुने मई थाई फेस्टिभलको विश्व च्याम्पियनसिप फाईट मा भाग लिन वडा नं ०५ का १३ वर्षिय गेन्जी राई, वडा नं ०६ का १८ वर्षिय दिगविजय राठौर र १९ वर्षिय लाल बहादुर तामाङ्ग जान लागेका हुन् । डब्लु. वि.सि. मई थाई नेपाल अन्तरगतका ३ खेलाडिहरुलाई संस्थाले आज नगर प्रमुख, उपप्रमुख, संस्थाका अध्यक्ष राजु राई, महासचिव दिपक तामाङ र अन्य मई थाई खेलाडिहरुको उपस्थितिमा पत्रकार सम्मेलन मार्फत बिदाई कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा नगरप्रमुख मिठाराम अधिकारीले खेलाडिहरुलाई मई थाई खेलमार्फत देशकै प्रतिनिधित्व गर्न लागेकोमा धन्यबाद व्यक्त गर्दै जितको अग्रिम शुभकामना व्यक्त गरेका हुन् । स्थापना काल देखिनै नगरपालिकाको साथ र सहयोग पाईरहेको डब्लु. वि.सि. मई थाई नेपाललाई यस खेलको विकास र खेलाडिको स्तरोन्नतीको लागी नगर परिषदमा थप छलफल भईरहेको उनले जानकारी दिए। थाईल्याण्डमा हुन गईरहेको उक्त प्रतियोगितामा विश्वभरका ५० वटा देशहरुले सहभागिता जनाउने छन् । प्रतियोगितामा खेलाडिहरुको व्यवस्थापनका लागी टिम म्यानेजर का रुपमा संस्थाका अध्यक्ष एवं प्रशिक्षक राजु राई र प्रशिक्षक पुरण रोकाया खेलाडिहरु सँगै थाईल्याण्ड जाने सचिव दिपक तामाङले जानकारी दिएका छन् । डब्लु.बि.सि. (WBC) भनेको के हो ? ड्ब्लु.वि.सि (WBC) अर्थात वर्ल्ड बक्सिङ् परिषद मोइ थाई सन् २००४ मा थाईल्याण्डको बैठकबाट विश्व बक्सिङ्ग परिषद अर्न्तगत बिश्वभर प्रोफेसनल खेलाडीहरु उत्पादन गर्ने उद्देश्यका साथ स्थापना भएको एक मुनाफा रहित संस्था हो । यस संस्था को प्रधान कार्यालय थाइल्यान्डको बैङ्ककमा छ । यस खेलको सम्पूर्ण निति नियमहरु (बोर्ड अफ स्पोर्ट ) खेल प्राधिकरण थाईल्याडले नै निर्धारण गर्ने गरेको छ । नेपालमा यस संस्थाको स्थापना २७ अगष्ट २०२१ मा बूढानीलकण्ठ नगरपालिका वडा नं. ०५ डाँडागाउँमा भएको हो । ड्ब्लु.बि.सि. मोइ थाई नेपालको उद्देश्यहरुः – नेपालमा यस मोइ थाईको विकास एवं मोइ थाई खेल संस्कारको प्रवर्धन गर्ने । – नेपालभर यस डब्लू.बि.सि. मोइ थाई शाखाहरुको स्थापना गर्ने । – नेपालका खेलाडी तथा युवा हरुलाई यस खेल प्रती प्रेरित गर्ने र यस खेलका फाईदा हरु बारे जानकारी गराउने । – वार्षिक कार्यक्रम तालिका सहितको भित्तेपात्रो प्रकाशित गर्ने । – यस संस्था बाट राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलको आयोजना गर्ने । – अन्तराष्ट्रिय मान्यता सहितको डब्लु बि.सि. मोड थाइको बेल्ट, मेडल तथा प्रमाण पत्रहरु बनाउने तथा बिजेता खेलाडी हरुलाई वितरण गर्ने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij