२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

नामिबियाविरुद्ध सन्दीपको लगातार दुई विकेट

नामिबियाविरुद्ध सन्दीपको लगातार दुई विकेट

गण्डकी टाइम्स
शुक्रवार, फाल्गुण ५ २०७९
गण्डकी टाइम्स
शुक्रवार, फाल्गुण ५ २०७९
  • काठमाडौँ, ६ फागुन । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो तेस्रो खेलमा नामिबियाविरुद्ध पहिले बलिङ गरिरहेको नेपालले लगातार दुई विकेट हात पारेको छ। संयमित ओपनिङ गरेको नामिबियाविरुद्ध सन्दीप लामिछानेले दुवै ओपनरलाई पेभिलियन पठाए। टियु मैदानमा कीर्तिपुरमा जारी खेलमा पहिलो विकेटका लागि ६४ रनको साझेदारी गरेको नामिबियाको ओपनिङ जोडीले सन्दीपले आफ्ना पछिल्ला दुई ओभरमा लगातार आउट गरे। १४.३ ओभमार कार्ल बिर्केनस्टोक्सलाई २० रनमा आउट गरेका लामिछानेले आफ्नो अर्को ओभर अर्थात् १६.५ ओभरमा ओपनर लो-हान्ड्रे लौरेन्सलाई ४१ रनमा आउट गरे। अहिले नामिबिया ६७ रनमा २ विकेट गुमाएर खेलिरहेको छ। नेपाल आज लगातार तेस्रो जितको खोजीमा रहेको छ। नेपालले पहिलो खेलमा नामिबियालाई तथा शुक्रबार भएको खेलमा स्कटल्याण्डलाई पराजित गरेको थियो। जारी सिरिजमा यो नामिबिया विरुद्धको अन्तिम खेल हो। नामिबिया भने तेस्रो खेलमा पहिलो जितको खोजीमा रहेको छ। पहिलो खेलमा घरेलु टोलीसँग पराजित नामिबियाले स्कटल्याण्डसँग दोस्रो खेल हारेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij