आसिफ र ज्ञानेन्द्रले पूरा गरे अर्धशतक
आसिफ र ज्ञानेन्द्रले पूरा गरे अर्धशतक
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, ६ फागुन । नेपालका लागि ओपनर आसिफ शेख र पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक पूरा गरेका छन् ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिदेशीय शृंखलामा नामिबियाले दिएको २७५ रनको लक्ष्य पछ्याउने क्रममा ओपनर शेख र पूर्वकप्तान मल्लले अर्धशतक पूरा गरेका हुन् ।
शेखले ६२ बलमा ६ चौका र एक छक्काको मद्दतमा ५१ रन बनाए । यस्तै, मल्लले ६४ बलमा तीन छक्का र चार चौकाको मद्दतमा ५२ रन बनाए । दोस्रो विकेटका लागि साझेदारी गरिरहेका शेख र मल्लले समाचार तयार पार्दासम्म २५ ओभर सकिँदा ६१/६१ रन बनाएर खेलिरहेका छन् ।
प्रतिक्रिया