२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

यू-१९ विश्वकपको छनोटका लागि आज नेपाल र सिंगापुर भिड्दै

यू-१९ विश्वकपको छनोटका लागि आज नेपाल र सिंगापुर भिड्दै

गण्डकी टाइम्स
बिहिवार, फाल्गुण ११ २०७९
गण्डकी टाइम्स
बिहिवार, फाल्गुण ११ २०७९
  • काठमाडौं, १२ फागुन । यू-१९ विश्वकपको एशिया छनोटका लागि आज नेपाल र सिंगापुर भिडदै छन्। बुधबार साँझ युएई पुगेको नेपाली यू–१९ टोलीले आजको पहिलो खेल सिंगापुरसँग भिड्न लागेको हो। पाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोट खेल्ने नेपाली क्रिकेट टोलीलाई बुधवार बिदाई गरेको थियो। क्यानका अनुसार दोस्रो खेल भने २५ फ्रेबुअरी अर्थात १३ फागुनमा कुवेतसँग हुनेछ भने कुबेतसँग खेल खेलेको एकदिन पछि लगतै नेपाली यु-१९ टोलीले २७ फ्रेबुअरी अर्थात १५ फागुनमा हङकङसँग खेल्नेछ। २८ फ्रेबुअरी अर्थात १६ फागुनमा मलेसियासँग खेल्ने नेपाली टोलीले दुई दिन विश्राम लिएर अन्तिम खेल भने २ मार्च अर्थात १८ फागुनमा युएईसँग खेल्ने क्यानले जनाएको छ। युएई र नेपाल प्रमुख दाबेदार टोली हुन्। उक्त खेलमा बिजेता एउटा टोलीले २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्ने मौका पाउने छन्। त्यसका लागि यू-१९ क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले देव खनाललाई कप्तान चयन गरेका थिए। यस अघिका कप्तान गुल्सन झा सम्हाल्दै आएको कप्तानी यूएईमा हुने अर्को खेल आईसीसी क्रिकेट विश्वकप लिग-२को श्रृङ्खलाका लागि सिनियर टिम मै रहने भएपछि देवलाई नयाँ जिम्मेवारी दिइएको हो।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij