२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आज

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आज

गण्डकी टाइम्स
बिहिवार, फाल्गुण ११ २०७९
गण्डकी टाइम्स
बिहिवार, फाल्गुण ११ २०७९
  • काठमाडौं, १२ फागुन । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आजका लागि तोकेको छ । लामिछानेले बिहीवार सर्वोच्चमा दायर गरेको मुद्दाको पेसी आजका लागि तोकिएको हो । नाबालिग बलात्कारको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दाको पुर्पक्ष गरिरहेको क्रिकेटर लामिछाने बिहीवार सर्वोच्च अदालत पुगेका थिए । धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशमा प्रतिवन्धात्मक व्यवस्था रहेकाले उक्त आदेशको प्रतिवन्धात्मक व्यवस्था हटाउन माग गर्दै लामिछानेले सर्वोच्चमा मुद्दा दायर गरेका हुन् । आज सर्वोच्चले सन्दीपको पक्षमा फैसला गरेमा उनी दुबईमा हुने आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सीरीजमा सहभागिताको बाटो खुल्ने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij