२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

मेस्सी बने फिफा उत्कृष्ट वर्ष खेलाडी

मेस्सी बने फिफा उत्कृष्ट वर्ष खेलाडी

गण्डकी टाइम्स
सोमवार, फाल्गुण १५ २०७९
गण्डकी टाइम्स
सोमवार, फाल्गुण १५ २०७९
  • काठमाडौं, १६ फागुन। अर्जेन्टिनाका कप्तान एवम् पेरिस सेन्ट जर्मेइन (पीएसजी) का फरवार्ड लियोनल मेस्सी सन् २०२२ को फिफा वर्ष उत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन् । ३५ वर्षीय मेस्सीले फ्रान्सेली फरवार्ड केलियन एम्बाप्पे र करिम बेन्जेमालाई पछि पार्दै यो अवार्ड जितेका हुन् । मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कतार विश्व कपको उपाधि जितेको थियो । मेस्सीले सन् २०२१–२२ मा क्लब र देशका लागि ४९ खेलमा २७ गोल गरेका थिए । पेरिसमा भएको अवार्ड घोषणा समारोहमा अर्जेन्टिनालाई तेस्रो पटक विश्व कपको उपाधि दिलाएका लियोनल स्कालोनी वर्षको उत्कृष्ट पुरुष प्रशिक्षक घोषित भए । यस्तै बार्सिलोनाकी एलेक्सिया पुटेलास वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भइन्। इङ्ल्यान्डकी प्रशिक्षक सारिना विगम्यान महिलातर्फको उत्कृष्ट प्रशिक्षक बनिन् । एस्टन भिल्ला र अर्जेन्टिनाका एमिलियानो मार्टिनेज उत्कृष्ट पुरुष गोलकिपर घोषित भए । महिलातर्फ इङ्ल्यान्डकी मेरी अरप्सले यो अवार्ड जितेकी छन् । फेयर प्ले अवार्ड लुका लोचोसभिलीले पाए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij