२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

आज पीएनजीको सामना गर्दै नेपाल

आज पीएनजीको सामना गर्दै नेपाल

गण्डकी टाइम्स
बिहिवार, फाल्गुण १८ २०७९
गण्डकी टाइम्स
बिहिवार, फाल्गुण १८ २०७९
  • काठमाडौं, १९ फागुन । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा नेपालले आज (शुक्रबार) पुपुवा न्युगिनी (पीएनजी)सँग खेल्दै छ। खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपाली समयानुसार ११:४५ बजे सुरु हुनेछ। विश्वकप छनोटमा स्थान बनाउन र एकदिवसीय मान्यता कायम राख्न जित्नै पर्ने दबाबका साथ नेपाल मैदानमा उत्रिनेछ। लिग २ का पछिल्लो शृङ्खलाअन्तर्गका खेलमा अपराजित रहँदै आएको नेपाल बिहीबारको खेलमा भने संयुक्त अरब ईमिरेट्स (यूएई)सँग पराजित भयो। लगातार ५ खेलको विजयी यात्रामा ब्रेक लागेपछि नेपाल पीएनजीविरुद्ध जित निकाल्दै पुनरागमनको लक्ष्यमा छ। यूएई सिरिजअन्तर्गतको पहिलो खेलमा नेपालले पीएनजीलाई ४ विकेटले पराजित गरेको थियो। पहिलो खेलमा नेपालसँग हारेको पीएनजीले भने दोस्रो खेलमा यूएईलाई पराजित गरेको थियो। लिग २ को शीर्ष ३ मा परेर विश्वकपमा स्थान बनाउनका लागि नेपालले बाँकी ६ खेल जित्नैपर्ने छ। आज पीएनजीसँगको खेलमा हार बेहोरेको अवस्थामा नेपाल शीर्ष ३ मा पर्ने सम्भावना सकिने छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij