२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

पीएनजीमाथि नेपालको सानदार जित

पीएनजीमाथि नेपालको सानदार जित

गण्डकी टाइम्स
बिहिवार, फाल्गुण २५ २०७९
गण्डकी टाइम्स
बिहिवार, फाल्गुण २५ २०७९
  • काठमाडौं, २५ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी शृंखलाको पहिलो खेलमा नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले पपुवा न्युगिनीलाई ५२ रनले हराएको हो । जितका लागि २९८ रनको लक्ष्य पछ्याएको पीएनजी २४५ रनमा अल आउट भयो । पीएनजीका लागि नोरमान भानुआ र टोनी उराले अर्धशतक पूरा गरे पनि टिमलाई जिताउन सकेनन् । नेपालका सन्दीप लामिछानेले ४ विकेट लिए । यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा पीएनजीले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले आसिफ शेखको ११० रन मद्दतमा ४९.१ ओभरमा सबै विकेट गुमाएर २९७ रन बनाएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij