पिएनजीसँग अन्तिम खेल खेल्दै नेपाल
पिएनजीसँग अन्तिम खेल खेल्दै नेपाल
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौँ, २९ फागुन । आइसिसी विश्वकप क्रिकेट लिग- २ मा नेपाल पिएनजीसँग जारी सिरिजको अन्तिम खेल खेल्दैछ। सोमबार टियू मैदान कीर्तिपुरमा हुने खेलमा नेपाल विश्वकप अभियानलाई थप नजिक पार्नका लागि जित्ने लक्ष्यसहित मैदानमा उत्रिन लागेको हो। नेपाल र पिएनजीबीचको खेल ९:३० बजे सुरु हुनेछ।
दुई खेल अगावै एकदिवसीय वरीयता पक्का गरेको नेपालका लागि अबको एकमात्र लक्ष्य बाँकी दुबै खेलमा जित निकाल्दै विश्वकप छनोटमा सोझै स्थान बनाउनु हुने छ।
विश्वकप लिग-२ मा शीर्ष ३ मा रहेमा विश्वकपमा सोझै छनोट हुने भएकाले नेपाललाई बाँकी रहेका दुई खेलमा शतप्रतिशत जित निकाल्नु पर्ने चुनौती छ। विश्वकप लिग- २ का कुनै पनि खेलमा नेपाल पिएनजीसँग नहारेकाले बिना दबाब मैदानमा उत्रिँदै पुन: एकपटक आफ्नो लक्ष्यलाई बलियो बनाउने प्रयास गर्ने छ।
घरेलु मैदानमा ८ एकदिवसीय अन्तराष्ट्रियमा अपराजित नेपाल आफनो नवौँ खेललाई समेत स्मरणीय बनाउन चाहन्छ। नेपालले विश्वकप लिग २ को औपचारिक अन्त भने युएईसँगको खेलपछि गर्ने छ। नेपालले सात देश सम्मिलित विश्वकप लिग-२ मा ३४ खेलमा १७ मा जित तथा १५ मा हार बेहाेरेकाे छ । नेपाल ३६ अंक जोडेर चौथो स्थानमा रहेको छ।
प्रतिक्रिया