पिएनजीमाथि नेपालको सानदार जित
पिएनजीमाथि नेपालको सानदार जित
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, २९ फागुन । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत पपुवा न्युगिनी (पिएनजी) माथि नेपालले सानदार जित निकालेको छ।
पिएनजीले दिएको ९६ रनको लक्ष्य नेपालले मात्र १ विकेट गुमाएर ७.४ ओभरमै पूरा गर्यो।
नेपालका लागि आशिफ शेखले बिस्फोटक ब्याटिङ गर्दै २१ बलमा ३ छक्का र ८ चौकासहित ५३ रनमा नटआउट रहे। १३ बलमा १ छक्का र १ चौकासहित १२ रनमा नटआउट रहे। त्यसअघि कुशल भुर्तेलले १४ बलमा ४ चौका र २ छक्कासहित ३३ रन जोडेका थिए।
पिएनजीका चाड सुपरले १ विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पिएनजी ३२ ओभरमा ९५ रनमा अलआउट भएको थियो।
प्रतिक्रिया