२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

अब मौद्रिक नीति खुकुलो गर्न ढिलाइ गर्नुहुँदैन : अर्थमन्त्री

अब मौद्रिक नीति खुकुलो गर्न ढिलाइ गर्नुहुँदैन : अर्थमन्त्री

गण्डकी टाइम्स
बिहिवार, बैशाख १४ २०८०
गण्डकी टाइम्स
बिहिवार, बैशाख १४ २०८०
  • काठमाडौं, १४ बैशाख । अर्थमन्त्री डा. प्रकाशशरण महतले मौद्रिक नीति खुकुलो गर्न अब ढिलाइ गर्नु नहुने बताएका छन् । अर्थ मन्त्रालय, राजश्व परामर्श समितिको आयोजना तथा उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घको सहजीकरणमा बिहीबार विराटनगरमा भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् । अर्थतन्त्रको मूलभूत समस्या भनेको यसमा आएको शिथिलता भएको भन्दै उनले यसको महत्त्वपूर्ण नीतिगत दुई पाटो मौद्रिक र वित्त नीतिलाई खुकुलो गर्न अब ढिलाइ गर्नु नहुने बताए । उनले राजश्व र खर्चको विषयमा सम्बोधन गर्दै जाने गम्भीरता सरकारसँग भएको बताए । ब्याजदरले समस्या सिर्जना गरेको भन्दै अब बिस्तारै सहजतातिर जानुपर्ने मन्त्री महतको भनाइ थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij