आर्थिक सूचकहरू क्रमश सुदृढ हुँदै छन् : गभर्नर
आर्थिक सूचकहरू क्रमश सुदृढ हुँदै छन् : गभर्नर
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, १५ बैशाख । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले मुलुकको आर्थिक तथा वित्तीय क्षेत्रका सूचकहरू क्रमशः सुदृढ हुँदै गएको बताएका छन् ।
राष्ट्र बैंकको ६८औँ वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले तरलताको अवस्थामा पनि क्रमिक सुधार र ब्याजदर माथिको दबाब पनि कम हुँदै गएको बताए ।
उनले शोधनान्तर स्थिति बचतमा रहन थालेकाले अघिल्लो वर्षको तुलनामा अर्थतन्त्रको बाह्य क्षेत्र लगायत तरलतामा पनि सुधार आएको बताए । उनले मुद्रास्फीति घट्दो क्रममा रहेको र आयात घट्दा सरकारी वित्तमा भने केही दबाब परेको जानकारी दिए ।
केही बैंकहरूले ब्याजदर घटाउन थालेकाले आन्तरिक आर्थिक गतिविधिहरू सुधार हुँदै जाने देखिएको उनको भनाइ छ । गभर्नर अधिकारीले राजस्व चुहावट नियन्त्रणमा थप सक्रियता अपनाइएका कारण राजस्व संकलनमा सुधार हुने अपेक्षा राखिएको बताए ।
नेपाली अर्थतन्त्र बढी आयात र विप्रषणमा निर्भर रहेकाले विश्व अर्थतन्त्रको प्रभावको सामना गदै आन्तरिक सन्तुलन कायम राख्ने कार्य चूनौतीपूर्ण रहेको उनले बताए । वित्तीय स्थायित्व कायम राख्दै समष्टिगत आर्थिक स्थिरता कायम राख्ने कार्यमा राष्ट्र बैंक प्रतिबद्ध रहेको उनको भनाइ छ ।
प्रतिक्रिया