२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

यूएई ११७ रनमा अलआउट

यूएई ११७ रनमा अलआउट

गण्डकी टाइम्स
सोमवार, बैशाख १८ २०८०
गण्डकी टाइम्स
सोमवार, बैशाख १८ २०८०
  • काठमाडौं, १९ बैशाख । एसीसी प्रिमियर कप अन्तरगत नेपालले जितका लागि ११८ रनको लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएई ११७ रनमा अलआउट भएको हो । युएईलाई सस्तैमा समेट्न ललित राजवंशीले कसिलो बलिङ गरे । उनले जम्मा १४ रन दिएर ४ विकेट लिए । यस्तै करन केसी र सन्दीप लामिछानेले समान २-२ विकेट लिँदा सोमपाल कामी र गुल्सन झाले १-१ विकेट लिए । यसअघि सोमबार वर्षाका कारण खेल २७ ओभर ३ बलमा रोकिएको थियो । सोमबार युएई ९ विकेट गुमाएर १०६ को अवस्थामा थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij