२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

पीएसजीद्धारा मेस्सी दुई साताका लागि निलम्बित

पीएसजीद्धारा मेस्सी दुई साताका लागि निलम्बित

गण्डकी टाइम्स
मंगलवार, बैशाख १९ २०८०
गण्डकी टाइम्स
मंगलवार, बैशाख १९ २०८०
  • एजेन्सी। पेरिस सेन्ट जर्मेन (पीएसजीं) ले लियोनल मेस्सीलाई दुई साताका लागि निलम्बन गरेको छ । क्लबको अनुमतिबिना एसियाली मुलुक साउदी अरबको भ्रमण गरेपछि पिएसजीले मेस्सीलाई साताका लागि निलम्बन गरेको हो । फ्रान्सेली लिग वानमा पीएसजी र लोरेन्ट बिचको खेल पछि अर्जेन्टिनी कप्तान मेसी साउदी अरेबिया गएका हुन् । त्यस खेलमा पीएसजी पराजित भएको थियो । अब निलम्बनको समयमा मेसीले पीएसजीका लागि खेल्न पाउने छैनन् । क्लबका अनुसार मेस्सीलाई खेल खेल्न प्रतिबन्ध लाग्नुको साथै, टिममा बसेर अभ्यास गर्न पनि पाउने छैनन् । मेसी साउदी अरेबियाको पयर्टन राजदूतको भूमिकामा छन् । अर्जेन्टीनी कप्तान मेस्सीलाई साउदी अरबबाट आकर्षक प्रस्ताव आएको भन्ने चर्चा भइरहेको बेला मेस्सी साउदी अरब गएका हुन । यसअघि क्रिस्टियानो रोनाल्डो पनि साउदी अरेबिया क्लबबाट खेलिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij