पोखरा विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय उडान हुँदै
पोखरा विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय उडान हुँदै
गण्डकी टाइम्स
गण्डकी टाइम्स
पोखरा, ६ असार। आज (बुधबार) पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय उडान हुँदैछ । चिनको छेन्दु विमानस्थलबाट सिचुवान एयरलाइन्सको एयरबस ए–३१९ विमानले पोखरा सिधा उडान भर्नेछ ।
बिहान साढे ९ बजे सिचुवान एयरलाइन्सको विमान पोखरा ओर्लने विमानस्थल प्रमुख विक्रम गौतमले बताए । उनका अनुसार चार्टर्ड उडानमा १३० यात्रु सवार हुनेछन् । छेन्दुबाट उडान भरेको पौने ३ घण्टामा पोखरा आइपुग्ने जनाइएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक हुने अन्तर्राष्ट्रिय उडानको लागि पर्यटन मन्त्री सुदन किराती मंगलवारनै पोखरा आइपुगेका छन्।
प्रतिक्रिया