२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

दुई हाइड्रोपावरले पाए आईपीओ निष्कासनको अनुमति

दुई हाइड्रोपावरले पाए आईपीओ निष्कासनको अनुमति

गण्डकी टाइम्स
आइतवार, आषाढ १० २०८०
गण्डकी टाइम्स
आइतवार, आषाढ १० २०८०
  • काठमाडौं, ११ असार । नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासनका लागि दुई हाइड्रोपावर कम्पनीलाई अनुमति दिएको छ । बोर्डले मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो । मनकामना इन्जिनियरिङले २८ लाख कित्ता आईपीओ निष्कासन गर्न सेबोनबाट असार ५ गते अुनमति पाएको हो । यस कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । भगवती हाइड्रोपावरले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न सेबोनबाट असार ६ गते अनुमति पाएको हो । अनुमति पाएसँगै कम्पनीले अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँमा १४ लाख ३० हजार १६२ कित्ता आईपीओ निष्कासन गर्ने छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij