२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

अहिलेको बजेटले अर्थतन्त्रलाई चलायमान बनाउँछ : अर्थमन्त्री महत

अहिलेको बजेटले अर्थतन्त्रलाई चलायमान बनाउँछ : अर्थमन्त्री महत

गण्डकी टाइम्स
शनिवार, आषाढ १६ २०८०
गण्डकी टाइम्स
शनिवार, आषाढ १६ २०८०
  • पोखरा, १६ असार । अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले ल्याएको बजेटले अर्थतन्त्रलाई चलायमान बनाउने दाबी गरेका छन् । नेपाल प्रेस युनियन कास्कीद्वारा शनिवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले देश र जनतालाई केन्द्रविन्दुमा राखेर अर्थतन्त्रलाई चलायमान बनाउने गरी बजेट आएको दाबी गरे । सरकारले अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्यका साथ उद्योग व्यवसायलाई बढाउने प्रस्ताव गरेको मन्त्री महतले बताए । उद्योग व्यवसाय खोल्न निःशुल्क उद्योग दर्ता गर्न सक्ने र पूँजी एक सय रुपैयाँ राखेर पनि प्रारम्भिक उद्योगको शुरूआत गर्न सक्ने व्यवस्था मिलाइएको उनको भनाइ थियो । आइटीलाई प्रोत्साहन गर्न करमा आधा छुटको व्यवस्था मिलाइएको र पूँजीको कुनै सिमाना नरहेको उनले बताए । पूँजीगत खर्च गर्ने सीमाका कारण भनेजस्तो हरेक ठाउँमा चाहेजस्तो बजेट विनियोजन गर्न नसकिएको उल्लेख गर्दै मन्त्री महतले बजेटको लक्ष्य लोकप्रिय रहेको र यसले लोकप्रिय परिणाम दिने विश्वास व्यक्त गरे । खर्च प्रक्रियालाई सहज बनाउने र अनुशासन कायम गर्नतर्फ सरकार लागेको जिकिर गर्दै उनले बजेटको समयमा कार्यान्वयन नहुने, कार्यविधि नबन्ने, समयमा ठेक्का नलाग्ने जस्ता विषयको अन्त्य गर्नका लागि मुख्य सचिवसहित मन्त्रालयका सचिवलाई बोलाएर निर्देशन दिएको उल्लेख गरे । निजी क्षेत्रलाई प्रोत्साहन गर्ने गरी बजेट आएको उनको भनाइ छ । नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका मन्त्री महतले कांग्रेस जहिले पनि निजी क्षेत्रलाई प्रोत्साहन गर्नेतर्फ लागेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij