२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

दश अर्बको भ्याट छली

दश अर्बको भ्याट छली

गण्डकी टाइम्स
मंगलवार, आषाढ १९ २०८०
गण्डकी टाइम्स
मंगलवार, आषाढ १९ २०८०
  • काठमाडौं, १९ असार । ठूला औद्योगिक घराना भ्याट छलीबाटै अर्बपति भएको कुरा बेला–बेला सार्वजनिक हुने गरे पनि तिनीहरुमाथि कडा कारबाही भएको देखिँदैन । जसका कारण हरेक वर्ष भ्याट छलीको घटना बढ्दै गएको छ । राज्यको माथिल्लो तहमा पहुँच हुनेहरुले नै भ्याट छली गर्ने हुँदा ठूला भ्याट छलीको काण्ड सेटिङमै ढिसमिस हुने गरेको पनि छ । एकातिर सरकार राजस्व उठेन भनेर पुर्पुरोमा हात राखेर बस्नुपर्ने अवस्था छ, अर्कोतिर नक्कली भ्याट बिल प्रयोग गरेर अर्बौअर्ब राजस्व लुट्नेहरुमाथि आक्रामक बन्न सकेको छैन । नक्कली भुटानी शरणार्थी प्रकरणमा जस्तै नक्कली भ्याट प्रकरणमा मुछिएका ठूला औद्योगिक घरानाका मालिकहरुलाई जेल पठाउन सकियो भने मात्रै भ्याट छली नियन्त्रण हुने आशा गर्न सकिन्छ । स्रोतका अनुसार आन्तरिक राजस्व विभागले अहिले पनि करिब दुई हजार फर्ममाथि भ्याट छलीको आरोपमा अनुसन्धान थालेको छ । अनुसन्धानबाट करिब १० अर्बभन्दा बढी भ्याट छली गरिएको पाइएको छ । ती फर्मको नाम सार्वजनिक गर्दै भ्याट छलीमा संलग्नमाथि कारबाही गर्न सकियो भने राजस्वमा पनि वृद्धि हुने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij