२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

स्पेनले जित्यो महिला विश्वकपको उपाधि

स्पेनले जित्यो महिला विश्वकपको उपाधि

गण्डकी टाइम्स
आइतवार, भाद्र ३ २०८०
गण्डकी टाइम्स
आइतवार, भाद्र ३ २०८०
  • काठमाडौं, ३ भदौ । इङ्ग्ल्यान्डलाई हराउँदै स्पेनले नवौँ संस्करणको फिफा महिला विश्वकप फुटबल २०२३ को उपाधि जितेको छ । आज आइतवार स्टेडियम अस्ट्रेलियामा भएको फाइनलमा स्पेनले इङ्ग्ल्यान्डलाई १–० गोलले हरायो । स्पेनका लागि ओल्गा कारमोनाले खेलको २९ औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । स्पेनले एउटा पेनाल्टी पनि पाएको थियो तर गोल गर्न भने सकेन । स्पेन महिला विश्वकपमा पहिलो पटक च्याम्पियन बनेको हो । इङ्ग्ल्यान्ड आयोजक अस्ट्रेलियालाई हराउँदै र स्पेन स्विडेनलाई हराउँदै पहिलो पटक फाइनलमा पुगेका थिए । हिजो शनिवार तेस्रो स्थानका लागि भएको खेलमा आयोजक अस्ट्रेलियालाई २–० गोलले हराउँदै स्विडेन तेस्रो भएको छ । अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गरेको यो महिला विश्वकपमा ३२ टोली सहभागी थिए । स्पेन महिला फुटबल विश्वकप जित्ने पाँचौँ टिम बनेको छ । यसअघि अमेरिकाले सबैभन्दा धेरै ४ पटक, जर्मनीले २ पटक तथा नर्वे र जापानले १–१ पटक जितेका छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij