२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

आज नेपाल र बहराइन भिड्दै

आज नेपाल र बहराइन भिड्दै

गण्डकी टाइम्स
बिहिवार, भाद्र १४ २०८०
गण्डकी टाइम्स
बिहिवार, भाद्र १४ २०८०
  • काठमाडौँ, १५ भदौ । मलेसियामा जारी आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा आज नेपाल र बहराइन भिड्दैछ । खेल बिहान सवा ११ बजे सुरु हुनेछ। नेपाल आजको खेलमा पनि अपराजित रहन चाहन्छ। बिहिबार भएको पहिलो खेलमा नेपालले मलेसियालाई ५ रनले पराजित गर्दै खेलमा विजयी सुरुवात गरेको छ। बहराइनले कतारलाई ५ विकेटले पराजित गरेको थियो। प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन्। समूह ‘बी’ मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन्। प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टि-२० क्वालिफायर खेल्न पाउनेछन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij