२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

अटो शोमा सिट्रोनको गाडी बुकिङ गर्नेले २५ हजारको उपहार पाउने

अटो शोमा सिट्रोनको गाडी बुकिङ गर्नेले २५ हजारको उपहार पाउने

गण्डकी टाइम्स
बिहिवार, भाद्र २८ २०८०
गण्डकी टाइम्स
बिहिवार, भाद्र २८ २०८०
  • काठमाडौँ, २९ भदौ । नेपालको लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सलेफेस्टिभ स्किम २०८० सार्वजनिक गरेको छ । नाडा अटो शोमा सिट्रोनका गाडीहरु बुकिङ गर्ने ग्राहकहरुको लागि २५ हजार रुपैयाँसम्मको आकर्षक उपहारको व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ । भृकृटीमण्डपमा भदौ २६ गतेदेखि सुरू भएको नाडा अटो शोमा प्रदर्शनमा राखिएको सिट्रोन सी–३ किन्न चाहने ग्राहकहरूले आकर्षक नगद छुटका साथै निःशुल्क बीमा र निःशुल्क करको सुविधा समेत पाउन कम्पनीले जनाएको छ । त्यस्तै गरी सिट्रोनको विद्युतीय गाडी ई.सी–३ खरिद गर्न चाहने ग्राहकवर्गहरुले पनि निःशुल्क बीमा र निःशुल्क सडक कारको सुविधा पनि प्राप्त गर्न सक्नेछन् । यी अफरहरुको साथै ग्राहकवर्गले नाडा अटो शो भरी निशुल्क कार वासर सुविधा समेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । मंगलबारदेखि राजधानीमा शुरु १५ औं संस्करणको नाडा अटो, २०२३ आगामी आइतबार अर्थात् भदौ ३१ गतेसम्म चल्ने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij