२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि, ग्यासको मूल्य सिलिण्डरमा २१५ ले बढ्यो

पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि, ग्यासको मूल्य सिलिण्डरमा २१५ ले बढ्यो

गण्डकी टाइम्स
शनिवार, आश्विन १३ २०८०
गण्डकी टाइम्स
शनिवार, आश्विन १३ २०८०
  • काठमाडौं, १३ असोज । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार (भोलि) बिहान १ बजदेखि लागु हुने गरी मूल्य बढाइएको हो । खाना पकाउने ग्यासको मूल्य एकैपटक प्रतिसिलिन्डर २१५ रुपैयाँले बढाइएको छ । यस्तै, पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाइएको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटिर ६ रुपैयाँले बढाइएको निगमले जनाएको छ । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ । यो वृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिण्डर २११० रुपैयाँ पुगेको छ । पेट्रोलको मूल्य पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोबाट बिक्री हुने ठाउँ) मा प्रतिलिटिर १८२.५ रुपैयाँ, दोस्रो बर्ग (सुर्खेत र दाङ) मा १८४ रुपैयाँ र काठमाडौं, पोखरा र दिपायलमा १८५ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेलको मूल्य पहिलो वर्गमा १७६.५, दोस्रो वर्गमा १७८ र तेस्रो वर्गमा १७९ रुपैयाँ प्रतिलिटर कायम भएको छ । आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १४४ रुपैयाँ र अन्तर्राष्ट्रियको मूल्य १.०९५ अमेरिकी डलर कायम भएको छ । बढेको मूल्य शनिबार राति १२ बजेपछि लागू हुनेछ । हेर्नुस मूल्य :

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij