२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

अबका क्रिकेट प्रतियोगिता नखेल्ने सन्दीप लामिछानेको घोषणा

अबका क्रिकेट प्रतियोगिता नखेल्ने सन्दीप लामिछानेको घोषणा

गण्डकी टाइम्स
बिहिवार, आश्विन २५ २०८०
गण्डकी टाइम्स
बिहिवार, आश्विन २५ २०८०
  • काठमाडौँ, २६ असोज । कप्तान सन्दीप लामिछानेले नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट नाम फिर्ता लिएका छन् । उनले सामाजिक सञ्जालमार्फत नाम फिर्ता लिएको जानकारी दिएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिज आयोजना गरेको छ । जसका खेलहरू १ कात्तिकदेखि १० गतेसम्म हुनेछन् । यससँगै सन्दीपले यो त्रिकोणात्मक टी–२० श्रृंखला नखेल्ने भएका छन् । भारी मनका साथ टोलीबाट आफ्नो नाम फिर्ता लिएको भन्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म आफ्नो जीवनको कठिन र चुनौतीपूर्ण समयबाट गुज्रिरहेको छु ।’ यो बेला आफूले आफैंलाई नयाँ जीवन दिने र परिवारसँग समय बिताउन चाहेको उनले बताएका छन् । साथै, सन्दीपले अहिलेसम्मको माया र समर्थनका लागि समर्थकलाई धन्यवाद दिएका छन् । ‘मैले अहिलेसम्म पाएको आशीर्वाद र शुभकामनाका लागि सबैलाई धन्यवाद दिन चाहन्छु,’ उनले लेखेका छन् । सन्दीपमाथि एक किशोरीले बलात्कारको आरोप लगाएकी छिन् । यो मुद्दा अदालतमा विचाराधीन छ । पटक–पटक पेशी स्थगित हुँदा सन्दीपले दुःखी देखिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij