२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

नर्वेलाई हराउँदै स्पेन युरो २०२४ मा छनोट

नर्वेलाई हराउँदै स्पेन युरो २०२४ मा छनोट

गण्डकी टाइम्स
आइतवार, आश्विन २८ २०८०
गण्डकी टाइम्स
आइतवार, आश्विन २८ २०८०
  • ओस्लो । नर्वेलाई हराउँदै स्पेनले सन् २०२४ को युरोपियन च्याम्पियनसिपमा आफ्नो स्थान पक्का गरेको छ । योसँगै समूह एबाट स्कटल्याण्ड पनि प्रतियोगितामा छनोट बनेको हो । बार्सिलोनाका फरवार्ड गाभीले दोस्रो हाफको सुरुवातमा गरेको एक मात्र गोल निर्णायक बन्यो । २५ खेलमा १९ वर्षीय खेलाडीको यो देशका लागि पाँचौँ गोल थियो । सन् २००८ र २०१२ को युरोपियन च्याम्पियन टोलीले दुई खेल बाँकी छँदै प्रतियोगितामा स्थान बनाउन सफल रह्यो । अर्लिङ हालान्डको नर्वेले अब प्लेअफबाट मात्र प्रतियोगितामा स्थान बनाउने मौका पाउनेछ । नर्वे पछिल्लोपटक सन् २००० को युरोमा सहभागी भएको थियो । यसका लागि पनि नर्वे समूहको तेस्रो स्थानमा रहनुपर्नेछ भने समूह जीबाट सर्बिया छनोट हुनुपर्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij