२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

बेलिङहम चम्किँदा एल क्लासिकोमा रियलको सान

बेलिङहम चम्किँदा एल क्लासिकोमा रियलको सान

गण्डकी टाइम्स
शनिवार, कार्तिक ११ २०८०
गण्डकी टाइम्स
शनिवार, कार्तिक ११ २०८०
  • काठमाडाैं, १२ कात्तिक । सिजनको पहिलो एल क्लासिकोमा रियल मड्रिड विजयी भएको छ। शनिबार राति भएको खेलमा जुड बेलिङहम चम्किएपछि रियलले बार्सिलोनालाई उसकै मैदान क्याम्प नाउमा २-१ले हरायो। खेलको सुरुआतमै पछि परेको अवस्था उल्टाउँदै रियलले जित निकालेको हो। यो जितसँगै रियल ला लिगाको शीार्ष स्थानमा उक्लिएको छ। रियलको ११ खेलमा २८ अंक छ। समान खेलमा २८ अंक नै जोडेको जिरोना दोस्रो स्थानमा छ। बार्सिलोना २४ अंकसहित तेस्रो स्थानमा छ। खेलको छैठौं मिनेटमै इल्के गुन्डोगानको गोलमा बार्सिलोनाले अग्रता लियो। पहिलो हाफमा बार्सिलोनाले दबाब बनाएको खेल १-०मै सकियो। दोस्रो हाफमा भने रियल खेलमा फर्कियो। इडवार्डो कामाभिंगा र लुका मोड्रिच मैदान छिरेपछि रियलले खेलमा पूर्ण रुपमा पडक बनायो। ६८औं मिनेटमा बेलिङहमले डिबक्सबाहिरबाट उत्कृष्ट गोल गर्दै रियललाई जित दिलाए। त्यसपछि उनले इन्जुरी समयको दोस्रो मिनेटमा गोल गर्दै रियलको जित सुरश्चित गरे। जारी सिजिन बेलिङहमले ला लागिमा १० गोल गरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij