२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

आजबाट सुरु हुँदै टी-२० विश्वकप छनोट: पहिलो खेलमा नेपालले सिंगापुरको सामना गर्ने

आजबाट सुरु हुँदै टी-२० विश्वकप छनोट: पहिलो खेलमा नेपालले सिंगापुरको सामना गर्ने

गण्डकी टाइम्स
आइतवार, कार्तिक १२ २०८०
गण्डकी टाइम्स
आइतवार, कार्तिक १२ २०८०
  • काठमाडौं, १३ कात्तिक । आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी(२० विश्वकप क्रिकेट प्रतियोगिताको छनोटका लागि एसिया क्षेत्र छनोट सोमबारबाट सुरु हुँदै छ। आगामी विश्वकपमा २० टिमको सहभागितासँगै यो पटक क्षेत्रिय छनोट मार्फत टिमले विश्वकप यात्रा तय गर्ने छन्। ८ टोली सहभागि रहेको प्रतियोगितामा शीर्ष २ मा रहने टोलिले विश्वकपको टिकट पक्का गर्ने छन्। नेपालले आफ्नो पहिलो खेलमा सिंगापुरसँग बिहान ९ बजे टियु क्रिकेट मैदान कीर्तिपुरमा प्रतिस्पर्धा गर्ने छ। उपाधिको प्रमुख दाबेदार नेपाल सिंगापुरलाई हराउँदै प्रतियोगितामा सानदार सुरुवात गर्ने लक्ष्यमा रहेको छ। नेपाल र सिंगापुरबीच अहिले सम्म चार पटक टी(२० अन्तराष्ट्रिय खेल भएका छन जसमा दुई खेल वर्षाको कारण रद्ध हुँदै दुबै टिमले समान(समा १(१ खेलमा जित हासिल गरेका छन्। सोमबारनै अन्य तीन खेलहरु पनि हुँदै छन्। बिहान ९ बजेनै मुलपानी मैदानमा बहराइन र युएईबीच प्रतिस्पर्धा हुने छ। टियुमा दिउँसो १स्३० बजे ओमान र मलेसिया भिड्दा मुलपानी दिउँसोनै हुने खेलमा हङकङ र कुवेत भिड्ने छन्। विश्वकप छनोट अन्तर्गत समूह ‘ए’ मा नेपाल, मलेसिया, सिंगापुर र ओमान छन्। त्यस्तै समूह ‘बी’ मा युएई, हङकङ, बहराइन र कुवेत रहेका छन्। हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन्। फाइनल पुग्ने दुई टोलीले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टी(२० विश्वकप खेल्न पाउने छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij