२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

सिंगापुरद्वारा नेपाललाई १४६ रनको लक्ष्य

सिंगापुरद्वारा नेपाललाई १४६ रनको लक्ष्य

गण्डकी टाइम्स
सोमवार, कार्तिक १३ २०८०
गण्डकी टाइम्स
सोमवार, कार्तिक १३ २०८०
  • काठमाडौँ, १३ कात्तिक। आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकप एसिया छनोटको पहिलो खेलमा सिंगापुरले नेपाललाई १४६ रनको विजयी लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सिंगापुरले निर्धारित ओभरमा ९ विकेट गुमाएर १४५ रन बनायो। पहिलो ओभरको दोस्रो बलमै कप्तान अरत्रा दत्तलाई गुमाएको सिंगापुरले आक्रामक सुरुवात गरेको थियो। ओपनर रोहन रंगराजनले ३० बलमा ९ चौका र १ छक्काको मद्दतमा ४६ रन जोडे पनि अन्य ब्याट्सम्यानले भने राम्रो खेल्न सकेनन्। सिंगापुरका आर्यविर चौधरीले ३७ रन बनाए भने मनप्रित सिंहले २४ रनको योगदान गरे। नेपालका लागि अविनाश बोहराले ३ तथा करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले समान २–२ विकेट लिए। अर्को खेलमा बहराइनले यूएईलाई १३६ रनको लक्ष्य दिएको छ। मुलपानी मैदानमा जारी खेलमा टस हारेको बहराइनले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनायो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij