बैंकको व्याजदर एक अङ्कमा झार्ने सरकारको तयारी
बैंकको व्याजदर एक अङ्कमा झार्ने सरकारको तयारी
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौँ, १५ कात्तिक। सरकारले बैंकको व्याजदर घटाउने तयारी थालेको जनाएको छ। देशको अर्थतन्त्र चलाएमान हुन नसकेको अवस्थामा सरकारले बैंकको व्याजदर एक अङ्कमा झार्ने तयारी गरेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राजधानीमा आयोजित पार्टीको नेताहरु सम्मेलित एक महत्वपूर्ण वैठकलाई सम्बोधन गर्दै अब छिट्टै बैंकको व्याजदर एक अङ्कमा झार्न लागिएको जानकारी दिए ।
प्रचण्डले अर्थतन्त्र सङ्कटमुक्त भइसके पनि दबाबमुक्त हुन नसकेको उल्लेख गर्दै अर्थतन्त्रको दबाब हटाउन राष्ट्रिय गोलमेचको तयारी गरेको समेत बताए । प्रधानमन्त्रीले अर्थतन्त्रको दबाब हटाउनु सरकारको मुख्य प्राथमिकता भएको उल्लेख गरे ।
सरकारको नेतृत्व गर्ने बेला अर्थतन्त्र निकै अप्ठ्यारो अवस्थामा रहेको भन्दै सरकारको मेहेनतका कारण अर्थतन्त्र सङ्कटमुक्त उहाँको भनाइ रहेको छ । विदेशी मुद्राको सञ्चिति, राजश्व सङ्कलन र परिचालन, पर्यटक आगमन, विप्रेषण लगायतका क्षेत्रका सूचक सकारात्मक बनेको भन्दै प्रधानमन्त्री प्रचण्डले सामान्य वा टालटुले तरिकाले अर्थतन्त्रको दबाब नहट्ने प्रष्ट पारे ।
अहिले विदेशी मुद्राको सञ्चिति बढेको उल्लेख गर्दै प्रचण्डले ११ महिनालाई पुग्ने विदेशी मुद्राको सञ्चिति रहेको जानकारी समेत दिए । कित्ताकाट खुलेपछि घरजग्गाको कारोबार बढेको बताउदै प्रचण्डले अब छिट्टै बैंक ब्याजदर १ अंकमा सिमित गर्न खोजिएको स्पष्ट पारे ।
प्रतिक्रिया